माओवादीले निर्वाचन आचार संहिता जलाए

मुगु न्युज डट कम
मुगु,श्रावण १७
 आगामी मंसिर चार गते हुने संविधान सभाकोनिर्वाचनको विरोध गर्दै विहिबार सदरमुकाम गमगढीमा नेकपा माओवादीलेसंविधान सभा निर्वाचन आचार संहिता जलाएको छ ।
 नेकपा माओवादी सहितका साना राजनितिक दलहरुलाई पाखा लगाएर चार दले एक तर्फि निर्वाचन गराउन खोजेको,  राष्टिय सहमतिमा दलिय चुनावी सरकार हुनु पर्ने पर्ने लगायतका माग गर्दै आएको छ ।
 वर्तमान निर्दलिय सरकारले गराएको निर्वाचन आफुहरुलाई मान्य नहुने भन्दै माओवादीले आचार संहिता जलाएको हो । अहिले जिल्लामा माओवादीले प्रचार प्रशार र देशका विभिन्न स्थानमा माओवादी कार्यकर्ता माथी भईरहेकोले त्यसको विरोध समेत पनि आचार संहिता जलाएको नेकपा माओवादीले जनाएको छ ।
 चुनाव बहिष्कार अभियानका लागि थप कार्यक्रम तय गर्न आउने हप्ता बस्ने जिल्ला स्तरिय बैठकले निर्णय गर्ने नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य मंगल बहादुर शाहीले बताए ।

1 comments

जलाएको थाहा पाएर मलाई मजा आएन , आफु पनि नखाने अरु लाई पनि खान नदिने प्रवृति ले माओबादी लोप होला जस्तो लाग्यो

बिचार लेख्नुहोस्..