मध्य रातमा लुटिए मतदाता शिक्षा सामग्री


मुगु न्युज डट कम,
मुगु ११ कार्तिक--------------
जिल्ला सदरमुकाम गमगढी देखि दुई घण्टा पैदल दुरीमा रहेको रोवा गाविसमा रहेका चार जना मतदाता शिक्षा स्वयम सेवक र एक जना निर्वाचन शिक्षा कार्यकर्ताको घरमा राखिएका निर्वाचन शिक्षा सामग्री आईतवार मध्य राती लुटिएकोे छ ।
 अनुहारमा कपडा बाधेर नचिनिने गरि आएका  नेकपा माओवादी कार्यकर्ताले घरमा राखिएको मतदाता शिक्षा सामग्री लुटेर लगेको एक मतदाता शिक्षा स्वयम सेवकले जानकारी दिएका छन ।
 रोवा गाविस वडा नम्बर ३ की सुकमाया सेजुवाल, वडा नम्बर चारका मायादेवी बुढा, चार कै मायादेवी बोहोरा र निर्वाचन शिक्षा कार्यकर्ता तुलसिंह नेपालीको घरमा  आईतवार मध्यराती १२ बजे पुगेका नेकपा माओवादीका कार्यकर्ताले एकै साथ मतदाता शिक्षा सम्बन्धि सामग्री लुटेर लगेका हुन ।
अन्य गाउँमा निर्वाचन शिक्षा सामग्री टाँसिएका प्रचार सामग्री च्यातिएका र वडा नम्बर ४ मा मात्र घरमा राखिएका सामग्री लुटिएको जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त जिल्ला निर्वाचन अधिकारी पदम रावलले बताए । उनले भने, गाविसका सवै वडामा पर्चा पम्पलेट वितरण तथा टाँस गरिएका र वडा नम्बर सातमा मात्र बाँकि रहेको थियो , बाँकि रहेका सामग्री मात्र लुटिएका हुन ।
 मतदाता शिक्षा सम्बन्धि पर्चा ,पम्पलेट,पोष्टर लगायतका सामग्री लुटिएका छन भने गाउँमा टासिएका पोष्टर समेत च्यातिएका बताईएको छ । राती मतदाता सामग्री मतदाता शिक्षा स्वयम सेवक र निर्वाचन शिक्षा कार्यकर्ताको घरबाट नै लुटिए पछि सोमबार विहान सदरमुकाम गमगढीबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी रोवा तर्फ गएको छ । सुरक्षाकर्मि सम्बन्धित गाउमा पुगेर अनुसन्धानको काम थालिसकेको तथा मतदाता शिक्षा कार्यक्रम समेत सुरु गर्न निर्देशन दिईसकिएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद ्रगिरीले जानकारी दिए ।
 चुनाव बहिष्कारको अभियान सञ्चालन गरिरहेको अबस्थामा निर्वाचन सम्बन्धि गतिविधि अबरोध गर्नु अनौठो नभएको माओवादीका एक नेताले बताए । बहिष्कार अभियान सफल पार्न जुन समय अनुकुल हुन्छ त्यहि समयमा गतिविधी सञ्चालन हुन्छन यहि कारणले रोवामा निर्वाचन सामग्री साथीहरुले राती लिएका हुन माओवादीले भनेको छ ।

1 comments

ke sachikai chunav sanbav 6 ta yesto halat ma pratek byaktilai sarkarle surakshya dina sakla ra ? surakshya dina na sakye vane ke hola ?

बिचार लेख्नुहोस्..