सार्वजनिक सुनुवाई सम्पन्न ÷ कार्यालय प्रमुख र कर्मचारीलाई नियमित गराउने प्रतिबद्धता


मुगु न्युज डट कम,
मुगु ४ मंसिर-----------------
 जिल्लाका ३३ वटा सरकारी कार्यालय मध्य १७ वटा सरकारी कार्यालयहरु कार्यालय प्रमुख विहिन हुँदा सेवा ग्राही मर्कामा परेको भन्दै विहिबार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।
सार्वजनिक सुनुवाईका क्रममा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले कार्यालय प्रमुख विहिन भएका कार्यालयहरुमा यथाशीघ्र कार्यालय प्रमुख र कर्मचारीलाई नियमित गराउने प्रतिबद्धता ब्यक्त गरेका छन । काज विदामा मन्त्रालय र विभागको काममा गएका कार्यालय प्रमुख तथा कर्मचारी तत्काल जिल्ला फर्किनु पर्ने, जिल्लामा रहेका कर्मचारीहरुले सेवा प्रवाह गर्दा सहज बातावरण बनाउनु पर्ने , सेवा केन्द्र स्तरमा कर्मचारी नियमित गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
सेवा ग्राहीलाई सेवा प्रवाह गर्न असहजता उत्पन्न गर्ने, कर्मचारी नियमित नहुने, कार्यालय समयमा कर्मचारी कार्यालयमा नबसे निजामति कर्मचारी नियमावली अनुसार कार्वाही गर्ने सार्वजनिक सुनुवाईमा कार्यालयका प्रमुख, राजनितिक दल तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधीहरुले साझा प्रतिबद्धता जनाएका हुन ।
 आफुलाई बाहिरबाट आएका पत्रहरु दर्ता गर्ने, सामान्य सिफारिस गर्ने जिम्मेवारी बाहेक अरु कुनै अधिकार नहुँदा जिविसबाट प्रवाह हुने अन्य सेवा प्रवाह गर्न नसकिएको निमित्त स्थानीय अधिकारी जानकबहादुर मल्लले बताए । गाविस सचिबहरु सदरमुकाममा बस्दा गाउँमा सर्व साधारणहरु सेवा पाउन नसकेका गुनासा आए पछि मल्लले सचिवहरुलाई गाउँमा जान पत्राचार गरिसकिएको र सदरमुकाममा रहेका सचिवलाई तत्काल गाउँ जान समेत निर्देशन दिए ।
कार्यक्रममा सहभागि भएका अधिकाँश प्रश्न कर्ताले सदरमुकाममा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा झन्झटिलो रहेको ग्रामीण क्षेत्रमा रहेका सेवा केन्द्र स्वास्थ्य, कृषि,बन, पशु लगायतका क्षेत्रबाट सेवा ग्राहीले सेवा पाउन नसकेकोमा आक्रोस व्यक्त गरेका थिए । काम नगर्ने , कार्यालयमा नजाने कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन खोज्दा राजनितिक दलबाट संरक्षण गर्ने परम्परा रहेकाले सर्वसाधरणले सोचे जस्तो सेवा सुविधा पाउन नसकेको तथा राजनितिक दलका नेता कार्य कर्ताले मात्र सबै सेवा उपभोग गरिरहेको पुलु गाविसका स्थानीयवासी स्याँग्याप लामाले बताए ।

1 comments

Khai ta Suman G Kasle Aayojana Gareko Kina Ullekh nagareko hola ? Kasko aayojana ma Bhayeko Kulena ta

बिचार लेख्नुहोस्..