समुदायद्धारा पुरानै खाले योजना माग
मुगु न्युज डट कम,
पौष २१ मुगु ------------
पौष मसान्त भित्र जिल्लाका २४ वटै गाविसले गाउँ परिषद समपन्न गरिसक्नु पर्ने जिल्ला विकास समितिको परिपत्र अनुसार सञ्चालन भईरहहेका गाविसका योजना तर्जुमा गोष्ठीमा समुदायबाट पुरानै योजनालाई प्राथामिकता दिई माग भई आएका गाविसले जनाएका छन ।
आय आर्जन, व्यवसायमुलक, दिर्घकालिन तथा सशक्ति करणका योजना भन्दा मन्दिर, पाटी पौवा, पहिले नै निर्माण गरिएका बाटो घाटो, पुल पुलेसा र सिचाई कुलो मर्मत गर्ने जस्ता योजनाको माग बढि आएको नमुना गाविस श्रीनगरका सचिव नन्द बहादुर मल्लले बताए ।
आईतवार देखि सुरु भएको गाविसको योजना छनौठ गोष्ठीमा प्रत्येक वडाहरु तथा वस्तिबाट माग भएका योजनाहरु त्यस्ता देखिएका हुन । विकास पुर्वाधारका लागि टुक्रे योजना आउनुका साथै लक्ष्यीत वर्गबाट माग भएका योजनाहरु समेत त्यस्तै रहेका छन । बृद्ध वृद्धा, अपागं, बाल बालिकाहरुबाट आएका योजनाहरु समेत बाटो घाटो, पुल पुलेसा, सिंचाई केन्द्रित भएर आएका छन । अपागं, महिला, दलित , एकल महिला , वृद्ध वृद्धा तथा बालबालिकाका लागि विनियोजन गरिने कुल पुजिगत बजेटको दश प्रतिशत बजेटका लागि सशक्तिकरण, क्षमता विकास हुने खालका योजना माग हुन सकेका छैनन ।
बन तथा बातावरण, स्वास्थ्य, शिक्षा,लगायत भन्दा गोरेटो , घोडेटो, मोटर बाटो, खानेपानी ,पुल जस्ता योजना माग भएका छन । कतिपय योजना त विगत धेरै वर्ष देखि बजेट खर्च हुँदै आएका तर परिणाम आउन नसकेका योजनाहरु छन ।
1 comments
बिचार लेख्नुहोस्..
January 5, 2014 at 9:27 AM
Thank you for sharing. This is very normal in pro-longed depression and deprivation. To dream about new things, to zeal, need enough exposure or opportunity.