आगलागी पिडीतका लागि राहत संकलन


मुगु न्युज डट कम-
फागुन ५ मुगु----------
गएको हप्ता जिल्लाको फरक फरक ठाउँमा भएको आगलागिबाट मृत्यु भएका परिवारहरुका लागि मुगु उद्योग बाणिज्य संघको अगुवाईमा राहत संकलन गरिएको छ ।
गएको विहिवार जिल्लाको पश्चिम खत्याड भेकको ह्याँग्लु गाविस वडा नम्बर १ का २२ वर्षका विरेन्द्र शाहीको आगलागिमा परि मृत्यु भएको थियो भने घाईते अवस्थामा रहेको उनकि श्रीमती २१ वर्षीया सरिता शाहीले शनिवार घर नजिकै रहेको नदिमा हाम फालेर आत्म हत्या गरेकी थिईन । शनिवार राती नै सदरमुकाम गमगढी बजारमा रहेको श्रीनगर गाविस वडा नम्बर १ का पशुपति शाहीको घरमा आगलागि हुँदा धैनकोट गाविस कि १२ वर्षिया बालिका जानकी उपाध्यायको मृत्यु भएको  थियो ।
 आगलागीबाट ज्यान गुमाएका मृतक परिवारका लागि उद्योग बाणिज्य संघले सोमवार सदरमुकाम गमगढी बजारमा रहेका पसल, दोकान, होटेलमा घर दैलो अभियान गरि १ लाख २९ हजार ४ सय २७ रुपैयाँ संकलन गरेको संघले जनाएको छ । यसै बीच आगलागीबाट ज्यान गुमाएका परिवारहरुका लागि राहत स्वरुप नेपाल पत्रकार महासंघ मुगु शाखाले राहत संकलन टोली मार्फत पाँच हजार सहयोग गरेको छ । संकलन भएको रकम संघको कार्य समितिको बैठकको निर्णय अनुसार पिडीत परिवारलाई हस्तान्तरण गरिने संघले जनाएको छ ।

1 comments

ठिकै हो यस्तो अागलागी बाट क्षती भएका लागी हामी सबैले गर्नु पर्छ सहयोग तर बिचैमा चुहावट चाही हुनुभएन कसो

बिचार लेख्नुहोस्..