चालु वर्षमा पाँच करोड खर्च गर्ने गरि गमगढी धैन सडकको शिल्यान्यास


सुमन मल्ल--------
फागुन १० मुगु,
मुगु सदरमुकाम गमगढी हुदै धैनकोट, रिगा सडक खण्ड अन्र्तगत गमगढी देखि रारा गाविस सम्मको २१ किलो मिटर सडक खण्डको शनिवार एक औपचारिक कार्यक्रमका बीच शिल्यान्यास गरिएको छ ।
बेलायती सहयोग नियोग डिफिडको आर्थिक सहयोगमा नेपाल सरकारले ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत निर्माण हुन लागेको सडकको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी र जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौंतमले संयुक्त रुपमा शिल्या न्यास गरेका हुन । गमगढी देखि रिगासम्मको सडक खण्ड तिन वर्षमा निर्माण सम्पन्न गरिने पहुँच कार्यक्रमका जिल्ला संयोजक तलसी देवकोटाले बताए । तिन वर्ष भित्र सडकको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि स्थानीयवासीलाई रोजगारका अवसर श्रृजना भई दिर्घकालिन रुपमा आय आर्जनका कार्यक्रमहरुले दैनिक जिवन स्तरमा सुधार ल्याउने देवकोटाको भनाई छ ।
गमगढी देखि गिलाहसम्मको २१ दशमलव ६७ किलोमिटर सडक निर्माणका लागि विभिन्न चालिसवटा उपभोक्ता समिति गठन गरिएको र सडकको निर्माण कार्य मानव जनशक्तिले नै गर्ने कार्यक्रमले जनाएको छ । यो वर्ष यो सडक खण्डका लागि पाँच करोड ३८ लाख खर्च हुने छ । सडक आसपासका गाउँ वस्तिका उपभोक्ताहरुलाई आय आर्जन तथा जिविकोपार्जनका कार्यक्रम पनि  सञ्चालन गरिने भएको छ । सडकको निर्माण आधुनिक उपकरण लगायर निर्माण गर्दा सडक कमजोर हुने तथा स्थानीयवासीको आम्दानी समेत नहुने भएकाले सडक निर्माण कार्य स्थानीय उपभोक्ता गर्ने नेपाल सरकारको नीती रहेकाले यसमा स्थानीयवासीमा अपनत्वको भावना श्रृजना हुनु पर्ने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।
 जिल्लामा विकास निर्माणका लागि आएको बजेटले आधुनिक उपकरण प्रयोग हुँदा वार्षिक करोड औं बजेट बाहिरिएकाले अब यसरी बाहिरिने रकम रोक्नु पर्ने स्थानीय विकास अधिकारी भरत गौतमले बताए । उनले भने, विगतका वर्षमा जिल्लामा आएको कर्णाली रोजगारको रकम डोजर लगाएर सडक निर्माण गर्ने कार्यमा खर्च गरिएको पाएकाले अब यसरी खर्च हुन नदिन सम्बन्धित गाविसलाई निर्देशन दिईने छ ।

1 comments

कुनै पनि सडक निर्माण कार्यक्रम हरु आउनु अथवा अन्य बिकासका कार्यक्रम आउनु मुगाली बासीको बिकाश को रुपमा लिनु पर्छ,सडक निर्माण आधुनिक उपकरण परयोग नगरेको मुगाली जनता को लागि आय स्रोतको उन्नति को बाटो हो तर एस्त कुनै पनि बिकासका निर्माण मा स्थानीय प्राबिधिक जनसक्ति को परयोग न भयको अथवा स्थानीय प्राबिधिक लाई प्राथिमिकता
न दियर , बाहिर बाट आयका प्राबिधिक लाई एस्त काम मा प्राथमिक दिने र हामी जस्ता मुगाली युवा युवती रोजगार को लागि कता हात जोड्ने जाने ?कृपया पत्रकार जिउ हरु कतै तपाई हाम्रा बेरोजगार को बारेमा कतै समाचार लेखना सक्नु हुन्छ कि ?

बिचार लेख्नुहोस्..