पत्रकार महासघं मुगुको तस्रोे अधिवेशन सम्पन्न

मुगु न्युज डट कम,फागुन २८ मुगु-------
नेपाल पत्रकार महासंघ मुगु शाखाको तेस्रो जिल्ला अधिवेशन १३ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै बुधबार सम्पन्न भएको छ ।
 बुधबार गमगढीमा आयोजना गरिएको शाखाको तेस्रो अधिवेशनले सुमन मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा विमल हमाल, सचिवमा दानबहादुर बुढा, सह सचिवमा अगंराज बुढा र कोषाध्यक्षमा नृपेन्द्र बहादुर मल्ल तथा महिला सदस्यमा सुकमाया शाही , दलित सदस्यमा भिम तिरुवा  खुला तर्फ सदस्यहरुमा मोहनकुमार मल्ल, गोकर्ण शाही र जितेन्द्र भाम चयन भएका छन । केन्द्रीय पार्षद सदस्यमा राजबहादुर शाही,विनोदकुमार मल्ल र कविराज कार्की चयन भएका छन । अन्य पदहरुमा सर्व सम्मत चयन भए पनि उापाध्यक्षमा र पार्षदमा मतदान समेत भएको थियो । नव निर्वाचित संघको कार्य समितिका पदाधिकारीहरुलाई बुधवार नै निर्वाचन समितिको उपस्थितिमा केन्द्रीय प्रतिनीधी दिर्घराज उपाध्यायले गोपनियताको सफत समेत प्रदान गरेका थिए ।


,

1 comments

Suman sir lagayet sabai team lai mero tarfa ra INF ko tarfa bata dherai dherai badai gyapan garna chahanchhu..

बिचार लेख्नुहोस्..