यस्तो पनिा हुँदो रैछ..................

तस्वीर ः सुमन मल्ल  -
मुगु न्युज डट कम,
फागुन १७ मुगु-----------
शुक्रबार देखि सुरु भएको जिल्ला विकास समिति मुगुको विषयगत समितिहरुको बैठक शनिवार सम्पन्न भएको छ । विषयगत समितिको बैठक, एकिकृत योजना तर्जुमा गोष्ठी र जिल्ला परिषद सम्पन्न हुँदासम्म जिविसले पाँच देखि सात लाख सम्म खर्च गर्ने गर्दछ । तर विषयगत बैठकको उद्घाटनमा कागजमा लेखेर व्यानर टाँसीएको थियो ।

आर्थिक पारदर्शीता होस भनेर ब्यानरमा किन खर्च गर्नु भन्ने जिविसको सोच राम्रो भए पनि पाँच सात लाख रुपैयाँ परिषदमा खर्च गर्न लोभ नमान्ने जिविसले १५ सयको व्यानरको सट्टा कागजमा लेखेर टाँस्नु साह्रै लोभ गरेको छ । हेरौ परिषदको दिन कुनै पनि झिलिमिली, सर सजावट नगरेर व्यानरको रुपमा कागज नै प्रयोग गर्ने छ ।

1 comments

सुमन सर यो पैसाको सदुपयोग हो त्यस लाई गलत अर्थ न दिउ ....

बिचार लेख्नुहोस्..