कमजोर आर्थिकका कारण बालकको उपचारमा समस्या



मुगु न्युज डट कम-----
भदौ ८ मुगु-------
नार्थपु गाविस वडा नम्बर ९ गहताडी गाउँका ६ वर्षीय बालक सुन शाही एक महिना अगाडी लडेका र शरिरको तल्लो भाग पुट्ठामा लागेको चोट निको नभएर मासु झर्न थाले पछि घर परिवारले औषधी गर्न नसक्ने भएका छन ।
एक महिना पछि जिल्ला अस्पताल ल्याईएका शाहीको चोट लागेको भागबाट सबै मासु कुहिएर झरि सकेको तथा हड्डि मात्र रहेकाले जिल्लामा उनको उपचार हुन नसक्ने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर भक्तदेव श्रेष्ठले जानकारी दिए । बालकको मासु झरेको भागमा अन्य भागको मासु ल्याएर जोडनु (स्किन ग्राफ्टिङ्ग ) पर्ने हुन्छ तर त्यसका लागि सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्छ डाक्टर श्रेष्ठले भने ।  यस्तो केसलाई डेकुब्टस अल्सर भन्ने गरिन्छ , अहिले विरामीको दिसा आउने प्वाल बन्द हुने सम्भावना छ जति सक्दो चाँडो काठमाण्डौ तर्फ लिनु पर्छ उनले भने ।
बालकका आमा बुवा दुवै जना सुस्त मनस्थितीका रहेका छन । एउटा घर र थोरै जग्गा छ । गाई वस्तु अर्काको जिम्मा छोडेर आएका छौ । पहिले गाउँमा नै निको हुन्छ भन्ने लागेको थियो तर अहिलेसम्म निको भएन । अब यता उपचार नहुने भयो कसरी निको बनाउने बालककी आमा पानसरा शाहीले भनिन । घरमा खानेकुरा छैन ,बाटो जसो तसो गरेर खायौ,यताहामीलाई एक छाक खान समस्या छ उपचार कसरी गर्ने उनले भनिन ।

, , ,

1 comments

समाचार प्रकाशन गर्नु भएकोमा मुरीमुरी धन्यवाद । अहिले यो बालकको काठमाण्डौमा पुगेर उपचार भई रहेको छ । काठमाण्डौसम्म कसको सहयोगमा कसरी पुग्यो ? काठमाण्डौसम्म नपुग्दा कसले के कसरी वास्ता गरेको थियो, आदि बारेमा पनि फलोअप समाचार दिनु भएको भए साच्चैको खोजी पत्रकारिता हुने थियो ।

बिचार लेख्नुहोस्..