असिनाले अन्नबाली नष्ट भएपछि कृषक चिन्तामा



मुगु न्युज डट कम-------------
कार्तिक १० मुगु---------------
 शनिवार अपरान्ह परेको भारी असिना पानीले कृषकको खेतवारीमा लगाएको पाकेको बाली नाली नष्ट गरिदिए पछि कृषक चिन्तामा परेका छन ।
पाकेर घर भित्र्याउन लागेको धानबाली असिना पानीले नष्ट पारे पछि अब परिवार कसरी पाल्ने भन्नेमा स्थानीयवासीलाई पिरलो थपिएको हो । शनिवार २० मिनेटसम्म लगातार परेको असिनाले जिल्लाका श्रीनगर, कार्कीवाडा , पिना, रोवा, रुगा, रारा, कालै, सेरी , श्रीकोट , गम्था लगायतका गाविसमा स्थानीय कृषकको धानवाली नष्ट गरेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । दशै तिहार यो वर्ष केही अगाडी परेकाले स्थानीयवासीले खेतवारीमा लगाएको अन्नवाली घर भित्र्याउन पाएका थिएनन । आज भोली धान काट्ने तयारी गरिरहेका थियौ, हाम्रो मुख्य वाली नै धान हो ,काट्न नपाउदै शनिवारको असिनाले सबै झारी दियो जिल्लाको पश्चिम खत्याड भेग स्थित गम्था गाविसका  स्थानीयवासी धु्रव बुढथापाले जानकारी दिए ।
 पाकेको धान सबै असिनाले झारी दियो अब यसपालीको हिउँदमा भोकमरी हुने भयो , चाड पर्वका कारण धान काटुन पाईएन अब गाई वस्तुका लागि पराल काट्न पर्ने भयो ,श्रीनगर गाविस वडा नम्बर ५ चैन गाउँका स्थानीयवासी पन्नदेवी हमालले बताईन । चैन गाउमा रहेको छायानाथ मन्दिरको देउता रिसाएर असिना परेको उनले बताईन । धानवाली संगै किसानले लगाएको कोदो , सिमी, फापरमा समेत असिनाले क्षति गरेको छ । जिल्ला भरिमा ३ हजार ७४ हेक्टर जमिनमा धान उत्पादन हुने गरेको छ । अघिल्लो वर्ष जिल्ला भरिमा ५ हजार ६ सय ९८ मेटिक टन धान उत्पादन भएको र अहिले धान खेति राम्रो भई यसको उत्पादन सात हजार मेटिक टन पुग्ने जिल्ला कृषि विकास कार्यालयले पुर्वानुमान गरेको थियो तर बाली काट्न नपाउदै असिनाले झारी दिएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..