प्रहरीलाई हातपात गरेको भन्दै १५ बर्षे बालकलाई सार्बजनिक मुद्धा



मुगु न्युज डट कम--------------
मुगु १० कार्तिक,-
 सामन्य झैझगडा देखि अन्य मुद्धा मामिला जिल्ला प्रहरी कार्यालय भित्र मिलाउन खप्पिस जिल्ला प्रहरी कार्यालय मुगुले शनिबार भाईटिकाको दिन सामान्य झगडा हुँदा  आफनो प्रहरी माथि जाई लागेको भन्दै प्रहरीले एक १५ बर्षे बालकलाई सार्बजनिक मुद्धा दर्ता गराएको छ ।
 शनिबार भाईटिकाको दिन कार्किबाडा गाबिस वडानम्बर १ निबासी डिलबहादुर भामले सोहि गाबिस ४ निबासि भिमचन्द्र कामिलाई आफनो दिदीको घरमा बसिरहेको बेला  झगडा गर्दा पिडीत कामिले प्रहरीलाई खबर गरे पछि प्रहरीले भामलाई उनको मामाको घर बाट नियन्त्रणमा लिई प्रहरीले आईतबार सार्बजनिक मुद्धा दर्ता गराएको हो ।
  कामिसंग सोहि गाबिस वडानम्बर ३ का राजकुमार रावलले झगडा गरेका र प्रहरीले आफनो भाईलाई मामाको घरमा बसिरहेको बेला घर भित्र पसि बेहोस हुने गरि कुटपिट गरेको र उल्टै भाईलाई प्रहरीलाई ढुङ्गामुढा गरेको भनि झुटो  मुद्धा दर्ता गराएको भामका दाजु नन्दकेशर भामले बताए ।
 जिल्ला प्रहरी कार्यालयका प्रमुख श्री हजुर सिलवालले बताए अनुसार पिडित भिम चन्द्रले दिएको जाहेरी अनुसार मुद्धा दर्ता भएको र प्रहरी माथि समेत जाई लाग्दा मुद्धा दर्ता भएको तथा थप अनुसन्धान पक्रिया हुदै गरेको र अर्को एक जना फरार राजकुमार रावलको खोजि भईरहेको छ । प्रहरीलाई भामले गाली गरेको तथा पिडीत भनिएका कामीले मुद्दा दर्ता गर्ने भने पछि सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । बालबालिकालाई सजाय दिदा वा कुनै अपराध गरेमा मुद्दा लगाउदा हेर्ने बाल ईजालस व्यवस्था हुनु पर्ने कानुनी व्यवस्था भए पनि प्रहरीले भामलाई हिरासतमा राखेको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..