नपढाएर शिक्षक तासमा व्यस्त, विद्यार्थी खेल मैदानमा


मुगु न्युज डट कम------------
पौष १२ मुगु----------------
 जिल्लाको सरकारी विद्यालयको शैक्षिक स्तर दिन प्रति दिन खस्किएको भन्ने बहस सदरमुकाममा बेला वेला बहस हुने गरे पनि बहसले कुनै सुधार ल्याउन सकेको छैन ।
 कहिले अभिभावक , कहिले व्यवस्थापन समिति,  कहिले शिक्षक त कहिले विद्यार्थीको कमजोरी भन्दै हरेक चोटी जिल्लाको शैक्षिक अवस्था सुधार गर्नु पर्नेमा आवाज उठ्छ तर कार्यान्वयनको तहमा पुगेको पाईदैन । सरकारको ढुकुटीबाट तलव भत्ता लगायतका सुविधा उपभोग गरेर शिक्षक हौ भन्दै हिड्ने समाजका दोस्रो गुरु मानिएका शिक्षकले हदैसम्मको कार्य गर्दा पनि सरोकारवाला निकाय वोल्न सकिरहेका छैनन । यसको उदाहरण हो सदरमुकाम गमगढी देखि २१ कोष टाढा रहेको धैनकोट गाविसको  वडा नम्बर २ दई गाउँमा रहेको हिमालय प्रावि दई । पौष ९ गते विद्यालयमा न त प्रधाना ध्यापक धनमानसिंह मल्ल थिए नत अर्का शिक्षक विष्णु कुमार तिवारी । त्यहाँ शिक्षिका रत्नमाया तिवारी र बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता सत्यदेवी जैसी थिए । विद्यार्थीहरु चौरमा खेलिरहेका थिए । पचास जना विद्यार्थी रहेको यो विद्यालयका प्रधानाध्यापक मल्ल तालीमका लागि सदरमुकाममा गएका रहेछन । एउटा गैर सरकारी संस्थाले पौष २ गते देखि पाँच दिनका लागि तालीम आयोजना गरे पछि मल्लले हाजिरी किताबमा कुनै विवरण उल्लेख नगरि मंसिर अन्तिम साता नै विद्यालयबाट हिडे पनि हालसम्म उनि फर्केका छैनन ।
 अर्का शिक्षक विष्णुकुमार तिवारी सोही दिन छिमेकी गाउँ धैनमा घरको छतमा स्थानीयवासीहरु सित तासमा व्यस्त रहेका थिए भने उनले त्यस दिनको हाजिरी समेत गरेका थिएनन । उता विद्यालयमा भने विद्यार्थीहरु खेल मैदानमा खेलिरहेका थिए । उनले यसरी विद्यालयमा नपढाई अन्यत्रै समय व्यतित गर्न थालेपछि  यस अघि उनलाई प्रअबाट हटाएर अस्थायी दरबन्दिका रुपमा कार्यरत  धनमानसिंह मल्ललाई प्रअ बनाईएको स्थानीयवासीले जानकारी दिए । अहिले पनि तिवारी विद्यालय भन्दा अन्य काम र गाउँमा नै व्यस्त हुने गरेका रहेछन । विद्यालयमा कार्यरत तिवारीकी श्रीमती रत्नमायाले धैनमा बाल क्लबहरुको बैंठक भएकाले दुईजना विद्यार्थी लिएर धैन गएको बताईन । तर धैनमा कुनै तालीम थिएन भने उनि  तास खेलिरहेका स्थानीयवासीसंग व्यस्त देखिन्थे ।
 अहिले त्यस क्षेत्र हेर्ने जिम्मा पाएका स्रोत केन्द्र कालैका स्रोत व्यक्ति बद्रिनाथ ढुंगाना त्यस तर्फ गई सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयमा शिक्षकलाई नियमित गराउने , नियमित नभए कार्वाहीको प्रक्रिया चलाउने, हाजिरी प्रमाणित गर्ने नगर्ने सबै अधिकार विद्यालय व्यवस्थापन समितिको भए पनि समितिले केहि बोल्न नसक्दा यस्तो अवस्था आएको जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी ललितजंग मल्लले बताए । व्यवस्थापन समितिले शिक्षक विद्यालय नबसे पनि हाजिर प्रमाणित गरेर पठाई दिन्छ  हामीले केही गर्न नै सक्दैनौ मल्लले भने ।

, , ,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

बिचार लेख्नुहोस्..