रारा तालको पर्यटनको संभावना तथा चुनौतीहरु
---सुरेन्द्र वाग्ले
---मुगु जिल्लाको रारा गा.वि.स.अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो तालहो । समुन्द्री सतहबाट २९९०मी.(९८१० फिट) उचाईमा रहेको यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । १०.८ वर्गकि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी. सम्म रहेको छ ।
यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमारारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थियो । मानिसहरुका कारण यो ताल पुरिदै जाने र पानी पनि दुषित हुने भएकोले तालको संरक्षणको लागि बस्ती नै सार्नु परेको बताइन्छ । यस क्षेत्रका मानिसहरुको मुख्य पेशा खेतीपाती गर्ने र बाख्रा पालन गर्ने तथा जडीबुटी संकलन गर्ने भएकोले यी मानिसहरुको जिविकोपार्जन सम्बन्धी गतिविधिले गर्दा यो तालपुरिदै जाने खतरालाई महशुस गरि यहाँका बासिन्दालाई विस्थापितगरिएको हो । तालको चारैतिरको जङ्गलमा परेको हिउँ पग्लेर यस तालमाआएर जम्माहुने गर्दछ । यस तालको पानीको मुहान पनि आकासे पानी र हिउँ नै हो ।
यस क्षेत्रमा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बर देखि अक्टोबर र अप्रिल देखि मे महिनामाउपयुक्त हुन्छ । डिसेम्बर देखि मार्च महिनासम्म १ मी.सम्महिउ पर्ने हुदाँयहाँको तापक्रमशुन्यभन्दापनितलहुने भएकोले यो समयमाउपयुक्तहुँदैन । यस तालको पानी सफा देखिन्छ । सतहबाट १४ देखि १५ मी. सम्मको गहिराई देख्न सकिन्छ ।
यस तालको वरिपरी ठकुरी समुदायको बस्ती रहेको थियो । यस तालको पानीको सतह बढेर गमगढी क्षेत्र तिर बगेर धनजनको क्षतिगर्ने सम्भावनालाई दृष्टिगत गरी छायानाथ ठाकुर बाबाले वाण हानेर खत्याड क्षेत्रतिर बगाई गमगढी क्षेत्रलाई जोगाएको जनविश्वास रहेको छ । अहिले पनि तालको पुर्वी क्षेत्र तर्फ छायानाथ ठाकुर ज्युको मन्दिरर त्यस भित्र ठुलो ढुंगाको ठाकुर ज्युको आकृति समेत छ । वाण हान्नका लागि तयारी अवस्थामा रहेको प्रतिक झल्कने गरी एउटा ढुङ्गा पनि भेटिन्छ । त्यही स्थानबाट पश्चिम खत्याड खोलाको भाग तिर ताललाई बाण हानेर फुटाली दिएकाले ठाकुर बाबालाई देवता मानेर पुजा गरिन्छ । त्यस ढुङ्गालाई सानो घर ब नाएर मन्दिरको स्वरुप बनाएर संरक्षण गरिएको छ ।
सन् १९९७ —१९९८ मा ५६० जना पर्यटकले भ्रमण गरेको यस क्षेत्रमा सन् २००७मा ८७ज नाले मात्र भ्रमण गरेको पाइन्छ । सन् २००७ मा नेपाल पर्यटन बोर्डले रारा महोत्सवको आयोजना गरेर यसको प्रबर्धन गर्ने प्रयास गरेको पाइन्छ ।
यस तालको पानीमा कमनकुट नाम गरेको हाँस जस्तै चरा पानीमा तैरिदै डुबुल्की मार्दै माछा टिप्दै खाएको हेरिरहु ँजस्तो लाग्छ । यस क्षेत्रमा १०७४ प्रजातिका विरुवा, ५१ प्रजातिका स्तनधारी र २१४ प्रजातिका चराहरु पाइन्छन । यस बाहेक हिउदको समयमा छिमेकी मुलुक चीन देखि साईवेरिया सम्मका अन्य प्रजातिका चराहरु बसाइ सरेर आउने र वर्षा लागे पछि चीनतर्पm नै फर्केर जाने गरेको निकुञ्ज संरक्षणका लागि बसेकाश्री दुर्गा भञ्जन गुल्मका सैनिक बताउँछन ।
यस तालको संरक्षणको लागिश्री दुर्गा भञ्जनगुल्मले गरेको कामप्रशंसनीयभएतापनिपर्यटनलाई भने यसले टेवा पु¥याएको पाइदैन । तालमा डुङ्गा चलाउनकाहुन सक्ने संभावितभौतिकएवं मानवीयक्षतिमाआफै जिम्मेवार हुनेछु भन्ने व्यहोराको निवेदनमा रु १० को टिकट टाँसी पेश गरेपछि निकुञ्जकाकर्मचारीले श्री भञ्जनगुल्मलाई सोही व्यहोराको पत्रबनाई पर्यटकको हातमा दिने गरिन्छ । उक्त व्यहोराको पत्र सो गुल्ममा दिएपछि गुल्मका जवानहरुले केही समयको लागि डुङ्गा चढ्ने सुविधा उपलब्ध गराउने नियम बनाइएको छ ।
यसरी भौतिक तथा मानवीय क्षतिमा आफै जिम्मेवार हुनेछु भन्ने व्यहोराको निबेदन लेखेर सोही व्यहोराको पत्र निकुञ्ज कर्मचारीले बनाउन लगाउने प्राबधान पर्यटकका लागि झण्झटिलो देखिन्छ । मध्यान्हको समयमा हावा चलेर समुद्रमा जस्तै छाल उत्पन्न हुने हुनाले उपयुक्त हुदैन । एउटा मात्र डुङ्गा त्यो पनिव्यवसायी रुपले नभई गुल्मको प्रयोजनको लागि मात्र राखिनुले पर्यटनलाई टेवा पु¥याएको देखिदैन । यसरी दिइने सुविधा पनि बाह्य पर्यटकलाई दिइएको छैन । बाह्य पर्यटकलाई डुङ्गा चढ्ने सुविधा नदिंदा उनीहरुले नकारात्मक प्रचार गर्छ भन्ने कुरालाई ध्यानदिनु जरुरी देखिन्छ । पर्यटकलाई सुविधा नदिनु भनेको खुट्टामा डोरीले बााधेर पछाडिबाट तानेर दौडन लगाए जस्तै भएको छ । रारा तालमा एउटा मात्र होटलत्यो पनि निकुञ्जको अधिनमा हुनु पनि पर्यटनका लागि अर्को व्यवधान देखिन्छ । ठूलो संख्यामा पर्यटकहरु गएर बस्ने सुविधा पनि छैन । बाह्य पर्यटकहरु टेण्ट राखेर बस्ने भएता पनि आन्तरिक पर्यटक हरुका लागि बासस्थानको लागि पर्याप्त सुविधा भएको पाइदैन ।
तालको वरिपरि बाटो बनाएर साइकलमा चढेर घुम्ने सुविधाबनाएमापर्यटनलाई यसले टेवा पु¥याउने देखिन्छ । घोडाको संख्या उल्लेख्य भएको यस जिल्लामा घोडा चढेर तालको वरिपरि घुम्ने सुविधा दिएमा पनि यसबाट पर्यटनलाई टेवा पुग्ने देखिन्छ । यस तालको पश्चिमतर्फ मुर्माटम हिमालबाट यस तालको सबैभाग एकैचोटी देख्न सकिन्छ । अग्लो चुचुरोमा दृष्यावलोकन गर्ने टावर बनाएर रारा ताल र यसका चारैतिर आखाले भ्याएसम्म देख्न सकिन्छ । दुरबिनको मद्दतले झन धेरै टाढाका स्थानहरु द्येख्न सकिन्छ । यस भन्दाबाहेक यस ठाउँलाई ध्यानगर्ने स्थलको रुपमाविकास गर्ने सकेमा यसबाट पर्यटनलाई टेवापुग्ने देखिन्छ ।
रारा तालमा पर्यटकको संख्यामा वृद्धि गर्ने हो भने वर्तमान व्यवस्थामा पुर्नविचार गर्नु जरुरी देखिन्छ । तालको संरक्षणको दृष्टिकोणबाट वर्तमान नियम सान्दर्भिक भएता पनि पर्यटनका लागि यो नियमले बाधा पु¥याएको छ । तालको पनि संरक्षण र पर्यटनका प्रबद्र्धन गर्न धेरै चर्चा गरिए पनि केही सुविधाथप गरी नियममा केही लचकता अपनाएर अगाडि बढेमा तालको पनि संरक्षण हुने र पर्यटनको प्रबर्धन हुने देखिन्छ ।
( वाग्ले गाविस महासंघ केन्द्रीय समितीमा आबद्ध रहेका छन )
4 comments
बिचार लेख्नुहोस्..
March 20, 2015 at 11:20 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
September 20, 2015 at 3:54 AM
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
September 20, 2015 at 3:55 AM
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
September 20, 2015 at 3:57 AM
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ