प्रहरी प्रशासनको असहयोगकै कारण फाष्ट ट्रयाक सेवा अन्यौलमा
मुगु न्युज डट कम------
चैत्र ३० मुगु-------------------
जिल्ला अदालत नियावली २३ ग मा ब्यबस्था गरिएका ९ वटा मुद्धालाई फाष्ट ट्रयाक ( शीघ्र सुनुवाई )सेवा दिने ब्यबस्था गरिएको भए पनि प्रहरी प्रशासनको असहयोगका कारण यो सेवा अन्यौलमा रहेको छ ।
जिल्ला अदालत मुगुले आईतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालतबाट हुने सबै सेवा समयमै सेवाग्राहीले पाएको भनिए पनि फाष्ट ट्रयाक सेवा अन्र्तगतका मुद्धाका सजाए पाएकाहरुलाई प्रहरी प्रशासनले समात्न नसकेका कारण यो सेवा अन्यौलमा परेको बताईएको हो ।
जिल्ला अदालत नियावली २३ ग मा ब्यबस्था गरिएका अपहरण, शरिर बन्धक, आगलागी, घरेलु हिंसा ,चोरी, जबरजस्ति करण, ज्यान मार्ने बेच्ने ,ठगि, मानब बेचबिखन र लागु औषध गरि यि ९ वटा मुद्धालाई फाष्ट ट्रयाक सेवा दिने भनिए पनि अदालते दोषि ठहराएकाहरुलाई कैद सजाय तोकि समात्न आदेश दिएको भए पनि प्रहरीले दोषि ठहराएका लाई समात्न नसक्दा यो सेवा अन्यौलमा रहेको जिल्ला अदालतका निमित्त श्रेष्तेदार गोकर्ण शर्माले बताए ।
अहिले जिल्ला अदालतमा यि ९ बटा मुद्धाका किसिम मध्य एक जबर जस्तिकरणीमा संलग्न भनिएका ३ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने जिल्ला न्यायधिश हरि प्रसाद शर्मा पंगेनि उपाध्यको ईजलासले आदेश दिएको भए पनि प्रहरीको कम सक्रियताकै कारण समात्न सकेकाृे छैन भने एक चोरी मुद्धाको दोषिलाई समेत समात्न नसकेको जिल्ला अदालतले जनाएको छ ।
फाष्ट ट्रयाकलाई अन्यौल हुनु जिल्ला अदालतमा कार्यरत भएका न्यायधिशलाई अर्कै जिल्लामा काज राख्नु ,अदालतले कारर्बाहीका लागी दोषि ठहराएका ब्यक्तिलाई प्रहरी नसात्नु र अदालते हजिर हुने आदेश दिएका ब्यतिm समेत अदालतमा उपस्थित नहुनाले यो सेवा अन्यौलमा भएको श्रेष्तादार शर्मालको भनाई छ ।
पत्रकार भेटघाटमा यो बर्ष जिल्ला अदालतले ९३ मुद्धाको फछैयोट गर्ने लक्ष्य राखेको थियो । १६ वटा ब्यक्ति बादी, २२ ब्यक्ति बादी फौजदारी र ५ वटा सरकार बादी फौजदारी मुद्धा फैसला गरेको ५८ बर्ष ७ महिना २ दिन कैद असुल गर्न बाँकि रहेको र ९ लाख २० हजार ९ सय ६९ रुपैया जरिवाना असुल गर्न बाँकि रहेको आफनो प्रतिबेदनमा जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..